पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह
nagariknews.nagariknetwork.com · Sun Jul 26 12:19:52 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका-५ लुङमादिनमा गएको पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनामा ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन्।
आङ्देम्बेले पहिरोका कारण तीन परिवार पूर्ण रूपमा विस्थापित भएका र ३५ परिवारका १६८ जना नागरिक उच्च जोखिममा रहेकाप्रति चिन्ता व्यक्त गरे। संघ, प्रदेश र स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा सबै सुरक्षा निकायलाई तत्काल प्रभावित क्षेत्रमा परिचालित हुन र आपसी सहकार्य र समन्वयबाट उद्धार, राहत र पुनर्स्थापनामा लाग्न उनले आज विज्ञप्ति जारी गरी अनुरोध गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)