मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाहाललाई २ महिनामा दोस्रोपटक विश्वास

ekantipur.com · Tue Mar 21 01:02:26 GMT 2023

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधिसभा बैठकमा सोमबार उपस्थित झन्डै दुई तिहाइ सांसदले विश्वासको मत दिएका छन् । प्रतिनिधिसभामा २ सय ६२ सांसद उपस्थित भएकामा माओवादीसहित ९ दलका र स्वतन्त्रसहित १ सय ७२ सांसदले दाहालको पक्षमा मत दिएका हुन् । विपक्षमा एमाले र राप्रपा रहे भने नेमकिपा तटस्थ बस्यो । बैठकमा उपस्थित सांसदको दुई तिहाइ १ सय ७५ हुन्छ ।

दाहाललाई कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । यसअघि पुस २६ मा विश्वासको मत लिएका दाहालले ६९ औं दिनमा सोमबार दोस्रो पटक विश्वासको मत लिएका हुन् । त्यतिबेला सत्तामा एमाले, चौथो ठूलो दल रास्वपा, राप्रपा, जनमत पार्टी पनि थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)