रेलवे कम्पनीका महाप्रबन्धकलाई स्पष्टीकरण
ekantipur.com · Wed Aug 04 01:22:04 GMT 2021
काठमाडौँ — सरकारले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । भट्टराईले आचरणविपरीत काम गरेको भन्दै मन्त्रिपरिषद् बैठकले मंगलबार स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
भट्टराईलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ २९ मा रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको हो । पदीय मर्यादाविपरीत सामाजिक सञ्जालमा जथाभावी लेख्दै आएका भट्टराईले नेतृत्व सम्हालेको लामो समय बितिसक्दा पनि अझै रेल सञ्चालनमा आउन सकेको छैन । भट्टराई महाप्रबन्धक नियुक्त भएदेखि नै विवादित बन्दै आएका छन् । स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआए उनलाई हटाउने सरकारको तयारी रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)