राजश्व संकलन घट्यो
annapurnapost.com · Sat Aug 16 16:15:41 GMT 2025

नुवाकोट : नुवाकोटमा ट्राफिकको राजश्व संकलनमा कमी आएको छ। अघिल्लो आवको तुलनामा गत आर्थिक वर्ष २०८१/०८२ मा एक करोड २१ लाख २१ हजार पाँच सय रुपैयाँ कम राजश्व संकलन भएको छ।
नुवाकोटमा पासाङल्हामु मार्ग, गँगटे–छहरे–टोखा सडकमार्ग, गल्छी–देवीघाट–त्रिशूली सडकमार्ग निकै नै चल्तीका सडकमार्गहरू हुन्। यद्यपि, सवारी साधन निकै गुडिरहेको भएपनि गत वर्षको तुलनामा राजश्व संकलनमा कमी आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)