माइतीघर मण्डला क्षेत्रमा बर्खा याममा हुने डुबानको कारण: प्राविधिक त्रुटि र अतिक्रमण
barnanmedia.com · Sun Jul 26 12:56:39 GMT 2026

माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य समस्या पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेस भएको छ।
झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो। अनुगमनपछि कार्यवाहक प्रमुख डङ्गोलले प्राविधिक प्रतिवेदन पेस गर्न संयुक्त टोलीलाई निर्देशन दिनुभएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)