उपेन्द्र यादवको कदमबारे बाबुराम पक्षको प्रतिक्रिया : हास्यास्पद निर्णय
ratopati.com
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेका छन् । वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । तर सो निर्णयलाई बाबुराम पक्षले हास्यास्पद निर्णय भनेको छ । बाबुराम पक्षका नेता प्रशान्त सिंहले भने, ‘उपेन्द्रजीले आज गर्नुभएको निर्णय हास्यास्पद हो, पार्टीबाट कसैलाई कारवाही गर्दा वा निकाल्दा त्यसको विधि र प्रकृया हुन्छ । जसपा उपेन्द्र यादवको प्राइभेट कम्पनी हो, जुनबेला जसलाई मन लाग्यो निकालिदिने जसलाई मन लाग्या राखिदिने गर्नुहुन्छ, यही कुराको विरोध हामी सुरुदेखि गर्दै आएका हौं ।’
पार्टीमा कसैलाई कारवाही गर्दा एकपटक स्पष्टीकरणको मौका दिइन्छ, तर उनले त्यो पनि मुनासिव नठानेको बताउँदै उनले आफूहरुलाई यो कुरा पहिलादेखि नै जानकारी भएको बताए । त्यही भएर पनि आफूहरुले विस्तारित बैठकको आयोजना गरेको उनले बताए । उनले भने, ‘जसपामा हामी बस्दैनौ भनि पहिलादेखि माइन्ड मेकअप गरिसकेका थियौं, हामी हेर्न चाहन्थ्यौँ कि उहाँ कुन हदसम्म जानुहुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)