नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा आज, ५० प्रतिशत ल्याउने मात्रै पास
swasthyakhabar.com · Sat Jul 09 00:45:00 GMT 2022
काठमाडौं- नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आज (शनिबार) हुँदैछ। काउन्सिलले असार, मंसिर र चैतमा लाइसेन्स परीक्षा लिने शैक्षिक तालिका अनुसार शनिबार परीक्षा लिन थालेको हो। काउन्सिलले अर्को परीक्षा मंसिर ३ गते शनिबार र चैत ४ गते शनिबार लिने छ।
परीक्षामा सहभागी हुनका लागि न्युनतम पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने छ। यस्तै मिडवाईफ्रीका लागि व्याचलर इन मिडवाईफ्री साइन्स (बीएमएस) पास गरेको हुनुपर्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)