मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विजयोत्सवका अवसरमा प्रदेश सरकारले दियो सार्वजनिक बिदा

ratopati.com · Sat Aug 16 17:07:00 GMT 2025

पाल्पा । नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा पाल्पामा निकालिने ऐतिहासिक भगवतीको रथसहितको सिन्दुरजात्राको तयारी पूरा भएको छ । यसवर्ष आइतबार २०६ औँ भगवती खट यात्राका रूपमा विजयोत्सव निकाल्न लागिएको हो ।

प्रत्येक वर्ष यहाँ श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सवस्वरुप ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको छ । यस वर्षको भगवती जात्राको तयारी पूरा भएको समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए । रथयात्राले भगवतीको महिमाको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने विश्वास गरिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)