एमालेका ९ नेताकाे विज्ञप्ति : हामी एकताकाे उपाय खाेज्दैछाैँ, १० बुँदे सहमति कार्यान्वयन हाेस्
baahrakhari.com · Thu Aug 19 17:34:00 GMT 2021
काठमाडाैं । माधव नेपालकाे 'साथ छाेडेका' एमालेका ९ जना नेताले पार्टीकाे विवाद समाधानका लागि बनाइकाे कार्यदलले तयार पारेकाे १० बुँदे सहमति कार्यान्वयन नुहँदा पार्टी फुटेको बताएका छन् । बुधबार राति संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले १० बुँदे सहमति कार्यान्वयन भएकाे भए पार्टी नफुट्ने दाबी गरेका छन् ।
"कार्यदलले सिफारिस गरेकाे सहमति एकताको बलियो आधार थियो, त्यसले पार्टी पंक्तिमा आशा र उत्साह जगाएको थियो । तर, त्यस सिफारिसलाई नेताहरूले ग्रहण गर्न र समझदारी लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भयो," विज्ञप्तिमा भनिएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)