रौतहटमा झडप, नगरप्रमुखको टाउकोमा १७ टाँका
baahrakhari.com · Sat Aug 16 17:07:00 GMT 2025

रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयमा दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन् । शनिबार (साउन ३१) दिउँसो देवाहीगोनाही–९, धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनका विषयमा दुई पक्षबीच झडप भएको हो ।
झडपमा नगरप्रमुख कानु, देवाहीगोनाही–९ का रामविकाश साह, सोही टोलका श्यामविनय साह, इलाका प्रहरी कार्यालय देवाहीगुनाहीमा कार्यरत प्रहरी वरिष्ठ हबलदारद्वय जगदीशराय यादव र धनसुन्दर ठाकुर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए । उनका अनुसार, घाइते नगरप्रमुखको टाउकोमा १७ टाँका लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)