पोखरा विमान दुर्घटना : दुर्घटना प्रभावित नागरिक समिति गठन
ratopati.com · Wed Jan 18 22:46:00 GMT 2023
कास्की । आइतबार भएको विमान दुर्घटनाका सन्दर्भमा दुर्घटना प्रभावित नागरिक समिति गठन गरिएको छ । पोखराको सेतीनदी खोँचमा भएको विमान दुर्घटना प्रभावित क्षेत्रका नागरिकको आजको भेलाले प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीको संयोजकत्वमा नागरिक समिति गठन गरेको हो ।
समितिमा आवश्यकताअनुसार सहसंयोजक, सचिव र अन्य पदाधिकारी चयन गर्न अर्को भेला यही माघ ७ गते राखिएको छ । समितिमा गण्डकी प्रदेशका मुख्यमन्त्री प्रमुख संरक्षक रहनेगरी पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेशका सरोकारवाला सांसद, पत्रकार महासङ्घका केन्द्रीय सदस्य, यती एयरलाइन्स कम्पनी, कास्कीका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई सल्लाहकारमा चयन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)