सिआइबीको अप्रेसन फक्सट्रोट चार्ली: एमबिबिएस अध्ययनरत विद्यार्थी पनि पक्राउ
nayapatrikadaily.com · Fri Aug 18 16:49:00 GMT 2023
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गर्नेविरुद्ध चलाएको अप्रेसन फक्सट्रोट चार्लीमा थप एकजना पक्राउ परेका छन् ।
शुक्रबार ब्युरोले चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत नसिम अख्तरलाई पक्राउ गरेको हो । उनले एमबिबिएस अध्यनयका लागि १२ कक्षाको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि पक्राउ गरिएको सिआइबीले जनाएको छ । चितवनबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)