कपनबाट चार जनाको गिरोह पक्राउ
nagariknews.nagariknetwork.com · Sun Jul 26 14:35:10 GMT 2026

डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन्। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बूढानीलकण्ठ नगरपालिका-११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-३ घर भई हाल गोकर्णेश्वर नगरपालिका-६ बस्ने ३० वर्षीय धनबहादुर तामाङ, सोही ठाउँका ४१ वर्षीय लोकबहादुर तामाङ, ३८ वर्षीय राजकुमार लामा र ३७ वर्षीय विजय तामाङ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)