मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रेरक प्रसंग : लाटोकोसेरोको पीडा

nayapatrikadaily.com · Thu Jan 25 00:19:00 GMT 2024

एउटा गाउँनजिकै घना जंगल थियो । त्यहाँ अनेक जनावर र चराचुरुंगी बस्थे । एउटा लाटोकोसेरो पनि परिवारसाथ त्यहीँ बस्थ्यो । जंगलका सबै पशुपक्षी उसको बोलीलाई अत्यन्त अशुभ मान्थे । त्यसैले, उसलाई कसैले पनि आफ्नो नजिक आउन दिँदैनथ्यो । उसले बोल्नासाथ सबैले उसलाई बेस्सरी गाली गर्थे र सकभर भगाउने प्रयत्न गर्थे । ऊ नजिकको मानव बस्तीतिर पनि जान सक्दैनथ्यो । मानिसले पनि उसलाई मन पराउँदैनथे । प्रायः रातको समयमा बोल्ने लाटोकोसेरोको आवाज सुनेपछि मानिसले पनि उसलाई बेस्सरी गाली गर्थे । कतै देखिहाले भने ढुंगाले हान्नसमेत बेर लगाउँदैनथे ।

जंगलदेखि मानव बस्तीसम्मै यस्तो अपमान हुन थालेपछि लाटोकेसेरो निकै दुःखी भयो । उसलाई आफ्नो परिवार लिएर कतै टाढाको अर्कै जंगलतिर जान पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो । दिन–प्रतिदिन उसमा निराशा बढ्दै गयो । नजिकै उसको निकै मिल्ने साथी चमेरो बस्थ्यो । एकरात दुवै एकै स्थानमा भेला भए । लाटोकोसेरोले भन्यो– मित्र चमेरो, म त अब यहाँ बस्न नसक्ने भएँ । जता गए पनि सबैले मलाई खिल्ली उडाउँछन् । कसैले पनि मलाई नजिक जान दिँदैनन् । मानिसले त झन् मलाई देख्नै सक्दैनन् । अब म परिवार लिएर अन्तै जान्छु । तिमीहरू राम्ररी बस्नू !

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)