एमबीएस प्रश्नपत्र लिक सामान्य घटना होइन, दोषी जोसुकै भए पनि कारबाही हुन्छ - शिक्षामन्त्री
techpana.com · Sun Jul 26 15:18:51 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन् । उनले यो घटना परीक्षा प्रणालीमाथिको विश्वास, शैक्षिक संस्थाको विश्वसनीयता र हजारौं इमानदार विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले गम्भीर रूपमा लिइएको बताएका हुन् ।
फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र ह्वाट्सएपमार्फत सार्वजनिक भएको जानकारी पाएलगत्तै अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको उल्लेख गरेका छन् । उनका अनुसार त्यसको परिणामस्वरूप २४ घण्टा नबित्दै घटनामा संलग्न मुख्य आरोपी प्रहरी नियन्त्रणमा परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)