एसियन कप : दोस्रो जितसँगै अस्ट्रेलिया नकआउट चरणमा
ekantipur.com · Fri Jan 19 00:44:05 GMT 2024
काठमाडौँ — अस्ट्रेलियाले एसियन कपको नकआउट चरणको यात्रा निश्चित गरेको छ । उसले बिहीबारको खेलमा सिरियालाई १–० ले हरायो । अस्ट्रेलियाको यो लगातार दोस्रो जित हो र यससँगै समूह ‘बी’ मा छ अंक भएको छ ।
अस्ट्रेलियाको जितमा ज्याक्सन इरभिनले निर्णायक गोल गरे । उज्वेकिस्तानले अर्को खेलमा भारतलाई सजिलै ३–० ले हरायो । खेलका तीनै गोल पहिलो हाफमा भएका थिए । उज्वेकिस्तानको चार अंक भएको छ भने सिरिया एक अंकमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)