मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश प्रदेशमा पहिलो पटक काँडे भ्याकुर चरा फेला

gorkhapatraonline.com · Sun Jun 07 06:36:16 GMT 2026

मधेश प्रदेशमा पहिलो पटक काँडे भ्याकुर चरा फेला परेको छ ।

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोला नजिकको चुरे वन क्षेत्रमा उक्त चरा भेटिएको हो । मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले नेपालमा मात्र पाइने दुर्लभ रैथाने काँडे भ्याकुर चरा मधेश प्रदेश क्षेत्रमा पहिलो पटक भेटिएको दाबी गर्नुभयो ।

उहाँले समुद्री सतहबाट ४४३ मिटर उचाइमा रहेको वन क्षेत्रमा चराविद् हठन चौधरी र सुजन बरालले चरा अवलोकनका क्रममा सो चरा देखेको जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्र यो चराको अभिलेख रहेको थियो ।

मधेश प्रदेशमा पहिलो पटक यसको उपस्थिति पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)