फ्लाइ दुबईको घटनामा ‘उड्डयन राजनीति’
onlinekhabar.com · Mon May 01 17:01:17 GMT 2023
१८ वैशाख, काठमाडौं । ११ वैशाखको राति दुबईका लागि काठमाडौंबाट उडेको फ्लाइ दुबईको विमानमा आएको समस्यालाई लिएर नेपाल र दुबईको जनरल नागरिक उड्डयन प्राधिकरणबीच जुहारी चलेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईका नेपाल प्रतिनिधिमाथि विमानस्थल प्रवेशमै रोक लगाएको छ भने दुबई नागरिक उड्डयन प्राधिकरणले नेपालमाथि नै प्रश्न गरेर पत्र पठाएको छ । उड्डयन अधिकारीहरुका अनुसार विमान प्रकरणमा अब ‘उड्डयन राजनीति’ सुरु भएको छ । ठूलो कम्पनीको छवी जोडिएकाले गम्भीर घटनामा पर्याप्त अनुसन्धान नगरी नेपाललाई नै दोष थोपारेर आफू उम्किन दुबईका सरकारी अधिकारीहरु नै लागेको बुझाइ नेपाली पक्षको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)