दुईदिने बिदाले देखाएको सार्वजनिक सेवा व्यवस्थापनको भ्वाङ
ekantipur.com · Wed May 25 00:47:20 GMT 2022
इन्धन खपत घटाउने नाममा सातामा दुई दिन बिदा दिने सरकारी निर्णयबाट घोषित उद्देश्य त पूरा होला–नहोला, सार्वजनिक सेवा भने अस्तव्यस्त हुन थालेको छ । आइतबार पनि बिदा दिन थालेका सरकारी अस्पतालका बहिरंग सेवामा भीड बढेको छ । अरू सार्वजनिक सेवाहरू पनि प्रभावित हुन थालेका छन् ।
कर्मचारीहरूले थपिएको एक दिन बिदा बराबरको थप काम अरू कार्यदिनहरूमा गर्नुपर्ने हो, तर उनीहरू शुक्रबार दिउँसै हिँड्ने र सोमबार पनि ढिला कार्यालय पुग्ने गरेको र दुर्गमका सेवाग्राहीहरू मर्कामा परेको समाचार छ । सार्वजनिक सेवामा विद्यमान व्यवस्थापन कौशलहीनताका कारण छोटो अवधिमै दुईदिने बिदाको औचित्यमाथि प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)