गायक/कलाकार तामाङको अन्त्येष्टि आज, श्रद्धाञ्जलीका लागि नाट्य एकेडेमीमा राखिने
nepalsamaya.com · Sat Jul 08 23:51:00 GMT 2023
काठमाडौं- गायक रोविन तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा शव राखिने भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको हो।
त्यसपछि अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लग्ने कार्यक्रम छ। रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)