ओलीको वक्तव्य झुठ र भ्रमको पुलिन्दा हाे : जगन्नाथ खतिवडा
baahrakhari.com · Sun Jun 06 17:48:00 GMT 2021
काठमाडौं । नेकपा एमालेका नेता जगन्नाथ खतवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति जारी गरेको वक्तव्य भ्रमको पुलिन्दा मात्रै भएको दाबी गरेका छन् । उनले आइतबार राति फेसबुकमार्फत ओलीले गल्ती स्वीकार नगरेको र नैतिकताकै धज्जी उडाएको टिप्पणी पनि गरेका छन् ।
“आफूले गल्ती गरेको स्वीकार गरेका छैनन् । समग्रमा यो झुठ र भ्रमको पुलिन्दा हो । कोहि पनि भ्रममा नपर्नु होला । संसद बिघटनगरेकोमा माफी माग्नु माफी माग्नु र विघटन फिर्ता लिनुपर्ने प्रमले उल्टै मुद्दाबाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकता कै धज्जी उडाइदिएका छन । केपी ओलीको मनखुसीले निकालेको वक्तव्यमा हाम्रो सहभागिता छैन र यो असमान लिखत हामीलाइ मान्य छैन । कोही भ्रममा नपर्नु हुन अनुरोध गर्दछु,” उनले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)