गण्डकीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या आठ सय बढी पुग्यो
ratopati.com · Sat Aug 16 19:30:00 GMT 2025

गण्डकी । गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गु रोग देखिएको हो।
मनाङ जिल्लामा यस वर्ष अहिलेसम्म डेङ्गु देखिएको छैन । प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म चार सय ३२ जनामा उक्त रोग लागेको पुष्टि भएको हो । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)