चट्याङ लागेर एक महिलाको मृत्यु
ratopati.com · Sun Jun 28 16:25:29 GMT 2026

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए।
वर्षा हुरीसँगै आएको चट्याङले लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)