आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा
annapurnapost.com · Sun Jul 26 16:11:56 GMT 2026

काठमाडौं : आज राति देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)