प्रश्नपत्र चुहावट घटना : छानबिन समिति विघटन गरी नयाँ बनाउन स्ववियुको माग
ratopati.com · Sun Jul 26 16:33:47 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायको डिन कार्यालयले गठन गरेको छानबिन समिति निष्पक्ष नभएको भन्दै विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सो समिति विघटन गरी तीन दिनभित्र नयाँ समिति बनाउन माग गरेको छ।
त्रिवि व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाप्रति स्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्ववियुका अध्यक्ष दीपकराज जोशीद्वारा जारी प्रेस विज्ञप्तिमा परीक्षा सञ्चालन हुनुपूर्व वा सञ्चालन भइरहेकै समयमा प्रश्नपत्र बाहिरिनुले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर आघात पुगेको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)