प्रचारप्रसारको नयाँ चरण आजबाट सुरु
gorkhapatraonline.com · Thu Nov 03 00:52:35 GMT 2022
काठमाडौँ, कात्तिक १७ गते । राजनीतिक दलले कात्तिक १७ गते बिहीबारदेखि आमसभा, कोणसभा तथा जुलुस गर्न पाउने भएका छन् । राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर बिहीबारदेखि नै सञ्चारमाध्यममा प्रचारप्रसारसमेत प्रकाशन र प्रसारण गराउन पाउने छन् ।
निर्वाचन आचारसंहिताले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदानको दिनभन्दा १७ दिन अघिदेखि मात्रै जुलुस, कोणसभा तथा आमसभा गर्न पाउने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)