टिकटका लागि देखिएका रोचक दृश्य : कसैले चाहेर पनि नपाउने, कोही पाएर पनि त्याग्ने...
pahilopost.com · Sun Oct 09 16:49:22 GMT 2022
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउन रस्साकस्सी नै हुने गर्छ। त्यो यसपटक पनि दोहोरियो। टिकट बाँड्न शीर्ष नेताले सुत्नसम्म पाएनन्। निर्वाचनको समयमा भिड्नका लागि नेताहरुको दौडधुपमा मुख्यगरी रोचक दुई दृश्य देखिए - कोहीले पाएकै टिकट नलिने, अनि कसैले चाहि टिकटका लागि चोटाकोठा धाउँदा पनि नपाउने।
टिकट पाउँदा पनि नलिनेमा पर्छन् - एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सभामुख अग्नि सापकोटा। शाक्यले काठमाडौं-८ मा पार्टीले दिएको टिकट अस्वीकार गरिन् भने सापकोटाले चुनावै नलड्ने घोषणा गरे। गठबन्धनबाट ढुक्कले टिकट पाउने भएकाले सिन्धुपाल्चोक १ बाट चुनाव लड्ने तयारी गरेको थिए सापकोटाले।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)
