संक्रमितका स्वास्थ्य अवस्था बुझ्न घरघरै पुगे मेयर
ekantipur.com · Thu May 06 16:49:23 GMT 2021
बाँके — नमस्कार ! के छ तपाईंको स्वास्थ्य स्थिति ? भन्दै बाँके, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले बिहीबार दिनभरी आफ्नो वडाका कोरोना संक्रमितको घरघरै पुगे । नगरपालिकाले संचालनमा ल्याएको कोभिड अस्थायी अस्पताल र घरै आइसोलेट भएका बिरामीलाई भेटेरै मनोबल बढाउन भन्दै उनी संक्रमितको अवस्था बुझ्न खटिएका हुन् ।
त्यसक्रममा संक्रमितहरुले बेलैमा उपचार पाएका छन् कि छैनन ? स्वाथ्यकर्मीले सोधपुछ गरेका छन् या छैनन् ? उपचारमा केही समस्या छ कि छैन ? लगायतका विषय पनि बिरामीसँग प्रत्यक्ष रुपमा बुझे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)