अन्ततः थापाथली धर्मशालामा बास बस्न पुगे लघुवित्तपीडित
nepalviews.com · Sun Jul 26 16:50:10 GMT 2026

काठमाडौं । दिनभर अविरल वर्षामा भिजेर आन्दोलन गरेका लघुवित्तपीडितहरू अन्ततः रात बिताउन थापाथली धर्मशालामा पुगेका छन् ।
दिनभर आन्दोलनका क्रममा वर्षाका कारण सडकमै भिजेका पीडितहरूले सुरक्षित बासको खोजी गरेका थिए । सुरुमा प्रहरीले समन्वय गरेर उनीहरूलाई गौशाला धर्मशालामा पुर्याए पनि त्यहाँ सीमित कोठा रहेको भन्दै बस्न नदिइएको पीडितहरूको गुनासो थियो । त्यसपछि शान्तिबाटिकातर्फ जान खोज्दा उनीहरूलाई सेतोपुल क्षेत्रमा प्रहरीले रोकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)