मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

संक्रमण घटे पनि लापरवाही नगरौं

annapurnapost.com · Tue Feb 22 05:50:00 GMT 2022

कोरोना भाइरस रोग कोभिड—१९ को तेस्रो लहरको सामना पनि हामीले गर्‍यौं। पहिलो लहरै भित्रिँदैन भन्ने एक किसिमको विश्वास (अन्ध) थियो धेरै नेपालीमा। त्यसमा देशका शासक पनि थिए। हुन्थेनन् भने विश्वमा महामारी फैलिरहेका बेला पर्यटनमन्त्री अस्ट्रेलियामा नेपालको पर्यटनको प्रचार गर्न पुगेका हुँदैनथे। कठै नेपालका शासकको हविगत ! विश्वले त्यसै भनेर गिज्याएको थियो। हुने हार दैव नटारको शैलीमा कोरोना पनि नेपाल भित्रियो। दसौं हजार नागरिकको ज्यान लियो। पहिलो, दोस्रो र तेस्रो लहरले ढाक्यो। अहिले तेस्रो लहर मत्थर भइसकेको छ। सौभाग्य मान्नुपर्छ कि अहिले देशभरिका अस्पतालमा कोरोना बेडहरू रित्ता छन्।

आइसोलेसन र भेन्टिलेसन भएका सघन उपचार कक्षहरू कम्तीमा कोरोना संक्रमितविहीनजस्तै सुनसान छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार अहिले औसत संक्रमणदर ३ दशमलव ५ प्रतिशत छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)