मेन्टेन एफसी बन्यो हिमालय फुटसल गोल्ड कप च्याम्पियन
neplays.com · Sat Sep 26 11:45:00 GMT 2026
काठमाडौं। तेस्रो संस्करणको 'हिमालय फुटसल गोल्ड कप २०८३'को उपाधि मेन्टेन एफसीले जितेको छ । राजधानीमा सम्पन्न फाइनलमा भोटे एफसीलाई पेनाल्टी सूटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै मेन्टेन एफसीले प्रतियोगिताको उपाधि चुमेको हो ।
उपाधिसँगै मेन्टेनले रनिङ सिल्ड, ट्रफी, मेडल र नगद ३ लाख रुपैयाँ आफ्नो पक्षमा पारेको छ । निर्धारित २० मिनेटमा दुबै टिमले गोल गर्न नसक्दा पेनाल्टीमा पुगेको खेल रोमाञ्चक बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)