मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भारत रङ्ग महोत्सवमा नेपाली नाटक मञ्चित

rajdhanidaily.com · Tue Feb 20 23:57:03 GMT 2024

काठमाडौं । भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाली नाटक ‘क्लेशाः’ मञ्चन भएको छ । प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशनमा यो नाटक २५ औं भारत रङ्ग महोत्सवमा शनिबार र सोमबार मञ्चन भएको हो ।

भारतको राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने महोत्सवमा नाटक ‘क्लेशाः’ नयाँ दिल्लीमा र उत्तरखण्डको रामनगर (नैनीताल)मा गरी दुई स्थानमा मञ्चन भएको छ । नयाँ दिल्लीको एलटिजी अडोटोरियममा ५ फागुनमा र रामनगरको नारायण दत्त अडोटोरियममा ७ फागुनमा मञ्चन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)