मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस–युक्रेन युद्ध र मानवता

ekantipur.com · Tue Feb 27 01:01:30 GMT 2024

रुसले युक्रेनलाई आक्रमण गरेको फागुन ११ मा दुई वर्ष पूरा भएको छ । यस युद्धबाट कसले जित्ने र को हार्नेभन्दा पनि विश्व समुदाय र मानवताले हारेको छ । आफ्नो देशको क्षणिक स्वार्थ र शक्तिका भरमा कमजोर देशलाई हेप्ने, पेल्ने त विश्वका हरेक ठूला देशको नियत र हेपाहापनको पराकाष्ठा हो । शक्तिको दुरुपयोग हो ।

युद्धले कसैलाई पनि फाइदा हुँदैन । युद्धमा सबै पराजित हुन्छन् । कसैको जित हुँदैन । युद्ध भनेको यस्तो अवस्था हो, त्यो जो केहीले होस् भन्ने चाहना राख्दैन । त्यसमाथि पनि युद्धले दिने पीडा यति निर्मम र बर्बरतापूर्ण हुन्छ कि कसैले कल्पनासम्म पनि गर्न सक्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)