दुई गैंडा मारिएको घटनामा निकुञ्जले थाल्यो अध्ययन
ekantipur.com · Tue Feb 07 00:32:48 GMT 2023
चितवन — खागका लागि तस्करले बिजुलीको करेन्ट लगाउँदा दुईवटा गैंडा मरेको घटनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुसन्धान थालेको छ । विभागले माघ ११ मा उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको थियो । तस्करले बिजुलीको करेन्ट लगाएर गैंडा मारेको घटना विरलै हुने गरेको छ । नौलो घटना भएका कारण सुरक्षा रणनीति बनाउन अध्ययन टोली बनेको हो ।
‘चितवन राष्ट्रिय निकुञ्जको कार्यालयमा हामीले सोमबार छलफल राख्यौं । निकुञ्ज प्रमुख र नेपाली सेनाका गणपतिसँग घटनाका बारेमा बुझ्यौं । मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष, उपभोक्ता समितिका अध्यक्ष र समुदायमा आधारित चोरी सिकारविरुद्धको युनिटसँग पनि छलफल गर्यौं,’ उपमहानिर्देशक कार्कीले भने । मंगलबार घटनास्थलमा गएर थप अध्ययन गर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)