बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’
barnanmedia.com · Sun Jun 28 16:30:00 GMT 2026

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गर्नुभएको छ । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
अठहत्तर वर्षीय हसिना विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा उहाँको १५ वर्ष लामो शासन अन्त्य भएपछि छिमेकी भारतमा आश्रय लिइरहनुभएको छ । त्यसयता उहाँ सार्वजनिक रूपमा निकै कम देखिनुभएको छ । गत जनवरीमा भने उहाँले नयाँदिल्लीस्थित प्रेस क्लबबाट भिडियोमार्फत सम्बोधन गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
तारिक रहमान
शेख हसिना