बिहीबार भगवान विष्णुको पूजा
khabarhub.com · Wed May 15 23:31:11 UTC 2024

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार सन् २०२४ मे १६ तारिख। वैशाख शुल्क पक्षको अष्टमी तिथि उपरान्त नवमी। सीता जयन्ती तथा गोरखकाली पूजा । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)