राजस्थानको लगातार चौथो हार, साम करनको विष्फोटक इनिङमा पञ्जाबको शानदार जीत
kalakarmi.com · Wed May 15 23:36:58 UTC 2024
गुवाहाटी– इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को सीजनमा बुधवार राति खेलिएको एउटा रोमाञ्चक खेलमा पञ्जाब किङ्सले पाँच विकेटको जीत हासिल गरेको छ । गुवाहाटीको बारसापारा क्रिकेट स्टेडियममा खेलिएको यो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई पराजित गरेको हो ।
सञ्जू सामसनको कप्तानीमा खेलिरहेको राजस्थान टीमको यो लगातार चौथो हार हो । यद्यपि, यो टीम प्लेअफका लागि यसअघि नै क्वालिफाई भैसकेको छ । राजस्थानको टीमले १३ खेलबाट १६ अंक जोडेको छ । यो टीमको अन्तिम खेल कोलकाता नाइट राइडर्ससंग यही आइतवार खेलिँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)