रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
nepalnews.com · Sun Jun 28 16:40:18 GMT 2026

रौतहट। रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।
आज दिउँसो बागमती नदीमा नुहाउन गएका गढीमाई नगरपालिका–१ समनपुर हरैयाका भन्टु राय यादवको आठ वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका आठ वर्षीय छोरा आदित्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)