घाँस काट्न जानै डर
ekantipur.com · Sat Jun 04 00:59:51 GMT 2022
चितवन — चितवन राष्ट्रिय निकुञ्ज आडको वनमा घाँस काट्न गएकी राप्ती नगरपालिका–१ की ५५ वर्षीया सोतीमाया तामाङलाई गत सोमबार बाघले आक्रमण गरेर ज्यान लियो । त्यसको साता दिनअघि जेठ ८ मा निकुञ्ज आडको बाटुली पोखरी वनमा घाँस काट्नै गएकी भरतपुर–१३ पटिहानीकी ५२ वर्षीया फूलकुमारी बोटेको पनि बाघको आक्रमणबाट मत्यु भएको थियो ।
गत वैशाख १८ गते पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गर्दा नारायण दाहालको ज्यान गुमाए । उनी पनि घाँस काट्नै गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)