मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्माण सामग्री अभावले बुटवल-गोरुसिंगे सडक विस्तार सुस्त

ekantipur.com · Wed Jan 28 17:47:21 GMT 2026

बुटवल — निर्माणजन्य सामग्री अभाव भएपछि बुटवल–गोरुसिंगे सडक खण्ड विस्तारको काम सुस्त भएको छ । राष्ट्रिय राजमार्ग विस्तार आयोजना अन्तर्गत बुटवलदेखि गोरुसिङ्गेसम्म ४९ किलोमिटर खण्ड विस्तारको काम प्रभावित भएको हो । उक्त खण्डका लागि ३० लाख घनमिटर निर्माण सामग्री आवश्यक रहेको छ ।

अहिलेसम्म ५ लाख ८० हजार घनमिटर मात्र उपलब्ध भएको आयोजनाले जनाएको छ । स्थानीय सरकारले निर्माणका लागि आवश्यक माटो, गिटी, बालुवा लगायत सामाग्री उपलब्ध गराउन नसक्दा समस्या भएको हो । बुटवलदेखि कपिलवस्तुको बेल नदीसम्म बिस्तार गर्न लागिएको राजमार्गलाई दुई खण्डमा विभाजन गररेर विस्तारको काम भइरहेको छ । सडक विस्तार कम्पनीका इन्जिनियर राजकुमार श्रेष्ठले आवश्यक नदीजन्य सामग्रीका लागि स्थानीय सरकारसित समन्वय गरेर स्रोतको खोजी भइरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)