मलद्वारबाट दिसासँगै निस्कियो ब्राउन सुगर
annapurnapost.com · Sun Jun 07 06:50:24 GMT 2026

विराटनगर : मोरङ उर्लाबारीबाट दुई युवक खैरो हेरोइन (ब्राउन सुगर)लाई मलद्वारमा लुकाएको अवस्थामा पक्राउ परेका छन्। उर्लाबारी नगरपालिका–७ गोलचोकबाट प्रहरी टोलीले उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो ।
प्रदेश १–०२–०५० प १९६० नम्बरको मोटरसाइकलमा सवार उनीहरु शनिबार साँझ ६ बजेतिर शंकास्पद गतिविधि देखिएपछि रोकेर सोधपुछ गरिएको थियो । प्रारम्भिक बयानकै क्रममा दुवै जनाले शरीरभित्र लागुऔषध लुकाएको स्वीकार गरेका थिए । त्यसपछि उनीहरूलाई तत्काल मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)