बालुवाटारमा प्रधानमन्त्री ओली र भीम रावलबीच वार्ता जारी
baahrakhari.com · Sun Jul 04 16:33:00 GMT 2021
काठमाडौं । नेकपा (एमाले) माधव नेपाल पक्षका नेता भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका छन् । अहिले ओली र रावलबीच वार्ता जारी रहेको रावलका स्वकीय सचिव एकेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार नेता रावल आइतबार राति ९ बजे बालुवाटार प्रवेश गरेका हुन् ।
ओलीले केन्द्रीय समिति बैठकमार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन नेपाल पक्षका सांसदहरूलाई सोमबार साँझसम्मकाे अल्टिमेटम दिएका छन् । उनले निर्धारित समयमा हस्ताक्षर फिर्ता नभए पार्टी एकताको सम्भावना सकिने पनि बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)