उपत्यकाका यी स्थानमा आजदेखि विद्युत अवरुद्ध हुने
nepalsamaya.com · Thu May 16 00:16:00 UTC 2024

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आजदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ। बिहीबार नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणले हिजो (बुधबार) एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भइरहेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)