ओलीविरोधीसँग नजिकिँदै पूर्वराष्ट्रपति भण्डारी
rajdhanidaily.com · Sat Aug 16 23:26:06 GMT 2025

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूलाई पार्टी राजीतिमा आउन निषेध गरेपछि एमाले पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी नेताहरूसँग नजिकिँदै गएकी छन् । पार्टी राजनीतिमा फर्कने आफ्नो चाहनामा अध्यक्ष ओली बाधक बनेपछि उनले ओलीविरोधी नेता–कार्यकर्ताको पनि साथ खोजेकी हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग समेत पूर्वराष्ट्रपति भण्डारीले छुट्टाछुट्टै भेट गरेकी छन् । श्रेष्ठ र शाहसँग छुटाछुटै भेट गरेकी भण्डारीले पछिल्लो राजनीतिक अवस्थाको ’boutमा छलफल गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)