मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सलहेसले लियो गत वर्षको बदला, जित्यो ‘तेस्रो ताप्लेजुङ गोल्डकप’ उपाधि

rajdhanidaily.com · Sat Aug 16 23:28:03 GMT 2025

ताप्लेजुङ । गत वर्षको बदला लिँदै सलहेस युवा क्लब सिरहाले तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता उपाधि जितेको छ । चर्चब्वाइज क्लब ललितपुरलाई शनिबार २–० गोलअन्तरले पराजित गर्दै उसले उपाधि जितेको हो ।

दोस्रो हाफको ७९औं मिनेटमा सलहेसका सुनिल खड्काले गोलको खाता खोलेका थिए । सुनिलले ‘डिबक्स’ बाहिरबाट प्रहार गरेर गोल गर्न सफल भएका थिए । सलहेसको तर्फबाट ९०औं मिनेटमा युसुफ मल्लिकले दोस्रो गोल गरे र आफ्नो टिमको जित सुनिश्चित गर्न सफल भए । उनले हेडमार्फत् गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)