मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

annapurnapost.com · Thu Apr 01 06:13:00 GMT 2021

विराटनगर : मोरङको रतुवामाईमा मोटरसाइकलको ठक्करबाट बुधबारसाँझ एक जना वृद्धा महिलाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मोटरसाइकलको ठक्करबाट रतुवामाई–३ की ६० वर्षीया चिन्तीदेवी ताजपुरीयाको मृत्यु भएको छ ।

रतुवामाई नगरपालिका–३ स्थित भित्री सडक खण्डमा दक्षिणतर्फ जाँदै गरेको मे ११ प ५४५५ नम्बरको मोटरसाइकलले पैदल यात्री महिलालाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी ताजपुरीयालाई रंगेली अस्पतालका चिकित्सकले साँझ ६:३० बजेतिर मृत घोषित गरेका हुन् । रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि रंगेली लगिएको डीएसपी राईको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)