मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एक महिनापछि इटहरी उपमहानगरको बजेट पारित

rajdhanidaily.com · Sat Aug 16 23:36:37 GMT 2025

इटहरी । आर्थिक वर्ष २०८२।८३ सुरु भएको एक महिनापछि इटहरी उपमहानगरपालिकाले वार्षिक बजेट पारित गरेको छ। उपमहानगरले कुल दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको हो। उपप्रमुख संगीताकुमारी चौधरीले पेश गरेको बजेट आज (शनिबार) सर्वसम्मत रूपमा पारित भएको हो ।

जसअनुसार चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात कुल बजेटको ४०.७९ प्रतिशत वित्तीय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात कुल बजेटको ०.३५ प्रतिशत र पूँजीगत खर्च एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात कुल बजेटको ५८.८६ प्रतिशत छुट्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)