कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी
nepalnews.com · Sun Jun 28 16:46:02 GMT 2026

तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड काेर्प्स (आईआरजीसी)ले आइतबार बिहान कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ। उक्त आक्रमण हालै इरानका पाँच तटीय चौकीमा भएको अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको आईआरजीसीले जनाएको छ।
विज्ञप्तिमा अमेरिकी सेनाले आइतबार बिहान आइआरजिसीको नौसैनिक जहाजसँग भएको भिडन्तलाई बहाना बनाएर इरानका पाँच तटीय चौकीमा आक्रमण गरेको आरोप लगाइएको छ। आइआरजिसीले अबदेखि ‘स्टेट अफ हर्मुज’बाट अनधिकृत रूपमा आवतजावत गर्ने जहाजमाथि अझ कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, कुनै पनि सम्भावित आक्रमणको कडा जवाफ दिइने पनि जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)