मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्वीट्जरल्यान्डविरुद्ध स्पेनको अग्रता

ekagaj.com · Fri Jul 02 16:25:59 GMT 2021

काठमाडौँ : युरो च्याम्पियनसिप २०२० फुटबलको पहिलो क्वार्टरफाइनलमा स्पेन र स्वीट्जरल्यान्डबीचको खेल सुरु भएको छ । रुसको पिटर्सवर्ग स्टेडियममा केहीबेर अघि खेल सुरु भएको हो । खेलको सुरुमै स्पेनले अग्रता लिएको छ ।

स्वीट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेनलाई अग्रता मिलेको हो । स्वीट्जरल्यान्डका डेनिस जाकारियाले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा छिराउँदा स्पेनले खेल सुरु भएको आठ मिनेटमै अग्रता लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)