गौतम अडानी फेरि एसियाकै धनी व्यक्ति, १० बिलियन डलरले बढ्यो सम्पत्ति
nagariknews.nagariknetwork.com · Sun Jun 07 07:00:45 GMT 2026

अडानी ग्रुपका अध्यक्ष गौतम अडानी एक महिनापछि फेरि एक पटक एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। फोर्ब्सको रिपोर्ट अनुसार अडानी ग्रुपको शेयरमा तीव्र वृद्धि भएपछि उनको कुल सम्पत्ति ९० अर्ब डलर अर्थात् लगभग ८.५५ लाख करोड पुगेको छ।
यो वृद्धिसँगै उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी र सफ्टबैंकका सीईओ मासायोशी सनलाई पनि पछि पारेका छन्। अप्रिलसम्म अडानी एसियाका सबैभन्दा धनी व्यवसायी थिए, तर मे महिनामा उनको शेयर घटेपछि उनी तेस्रो स्थानमा झरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)